सुनसरी । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र जटिल मोडमा पुगेको बताएकी छिन् ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्रका सूचकहरूमा सुधारको संकेत देखिए पनि आर्थिक अवस्था जटिल मोडमा पुगेकोप्रति सरकारलाई सचेत गराएकी हुन्।