बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र–८ मा अवस्थित सुनसरी स्टार एकेडेमी शैक्षिक गुणस्तरमा त अब्बल छ नै, अतिरिक्त क्रियाकलापमा पनि त्यत्तिकै अब्बल छ। यहाँका विद्यार्थीहरू आफैंमा अनुशासित भएकाले पनि रिजल्ट उत्कृष्ट भएको हो ।
त्यतिमात्र हैन, यो विद्यालय महिलाले नेतृत्व गरेको विद्यालयसमेत हो। शुशिला राई यहाँकी अध्यक्ष हुन्। महिलाले चाहँदा नेतृत्व लिनसक्छन् र, त्यसमा अब्बल ठहरिन सक्छन् भन्ने उदाहरण सुनसरी स्टार एकेडेमी हो । कक्षा –८ सम्म सञ्चालित यस विद्यालयको रिजल्ट उत्कृष्ट छ, त्यसैले त अभिभावकको रोजाई दैनानुदिन बढिरहेको छ ।
भर्खरै मात्र बराहक्षेत्रमा निजी विद्यालयहरूको छाता संगठन प्याब्सनले सातौं खेलकुद सप्ताह आयोजना गर्यो । त्यस अन्तर्गत फुटबल, ब्याटमिटन, सय मिटर दौड, ज्याब्लिङ थ्रु, सट पुट, लङ्जम्प, हाइजम्प लगायतका खेल समावेश थिए । अनि यही सप्ताहमा उत्कृष्ट कहलियो, सुनसरी स्टार एकेडेमी ।
मंसिर २ देखि ९ सम्म भएको प्रतियोगितात्मक सप्ताहमा बराहक्षेत्र १३ निजी विद्यालय सहभागी थिए। त्यसमा सुनसरी स्टार एकेडेमीले तीनवटा विधाका ट्रफीहरू आफ्नो पोल्टामा पार्यो । जबकी प्रतिस्पर्धा भने मावी तहका विद्यार्थीहरूसँग पनि भएको थियो । तर, सुनसरी स्टार एकेडेमीका विद्यार्थीले बाजि मारे ।
सुनसरी स्टार एकेडेमीले छात्रतर्फ आधारभूत तहको फुटबलको उपाधी जित्यो । यही फुटबलअन्तर्गत छात्रातर्फ यो विद्यालय उपविजेता बन्यो ।
१–५ कक्षासम्मको सय मिटर दौडमा सुनसरी स्टार एकेडमीकी लक्ष्मी मलाह विजेता बनिन् । यही दौडअन्तर्गत ६–८ कक्षासम्मतर्फ सुनसरी स्टार एकेडेमीकै सुम्निमा राई उपविजेता बनिन् ।
त्यतिमात्र हैन, लङ्जम्पमा सुनसरी स्टार एकेडेमीकी एलिसा उराँवले विजेता बनिन् । ज्याम्बिङ थ्रुमा छात्रतर्फ लिमिङ खापुङ र छात्रातर्फ स्नेहा सुन्दासले समान दोस्रो स्थान ल्याए ।
प्रतियोगिताकै सबैभन्दा बढी गोल्ड मेडल पाउनेमा सुनसरी स्टार एकेडेमी चौथोमा स्थानमा दर्ज भयो। जबकी त्यो मेडल मावी तहको लागि हो।
सुनसरी स्टार एकेडेमीका प्रिन्सिपल अबियोग राईका अनुसार विद्यालयको पदकहरू बढ्दै आएको हो। यसले विद्यार्थीहरूलाई हौसला भएको छ। विद्यालयले यस्ता गतिविधिलाई आगामी दिनमा थप प्रोत्साहित गर्दै लैजाने उनको प्रतिबद्धता छ।