धरान । नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष पत्रकार केशव घिमिरेले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
बैशाख २० गते प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा विचार व्यक्त गरेकै बिषयमा धम्की दिएको र आफ्ना समर्थकलाई गालीगलौज गर्न उक्साएको भन्दै पत्रकार घिमिरेले उजुरी दिएका हुन् ।
मेयर साम्पाङ् पत्रकारप्रति आक्रामक देखिन्छन् । उनले आफुलाई प्रश्न गर्ने र आफ्नो आलोचना गर्ने जोकोहि पत्रकारलाई ‘कुन पार्टीको पत्रकार हो’ भन्दै प्रतिप्रश्न गर्ने गरेका छन् ।

































Discussion about this post