रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले रामधुनी नगरपालिकामा पार्टी स्कुलिङ तथा जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ ।
रामधुनी–५ स्थित रेडक्रसको सभाहलमा सोमबार पार्टी नगर कमिटीको आयोजनामा पार्टीले गरेका राम्रा काम र आगामी योजनाका बारेमा प्रशिक्षण गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणी खनाल, केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य जिवन आचार्य लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सचिव खनालले माओवादी नेता कार्यकर्ताहरू जनताका घर घरमा पुगेर जनगुनासोलाई सम्बोधन गर्दै अगाडी बढ्नु पर्ने बताए । जनताको भरोसा माओवादीसँगै भएकाले भरोसाअनुरूप काम गर्दै जाँदा मात्र पाटी बलियो हुने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमका नेता जीवन आचार्यले भ्रष्टाचार, व्यथिति, बेरोजगारी जस्ता समस्याविरुद्ध माओवादीले अभियान चलाइरहेको धारणा राखेका थिए ।


































Discussion about this post