रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य जीवन आचार्यले २०८४ सालमा हुने स्थानीय तहको निर्वाचनमा माओवादीले रामधुनी नगरपालिकामा जित हासिल गर्ने बताएका छन् ।
सोमबार पार्टी नगर कमिटीले रामधुनीमा आयोजना गरेको पार्टी स्कुलिङ तथा जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले यस्तो बताएका हुन् ।
राम्रो काम गर्दै जाँदा जनताले साथ दिने नेता आचार्यको भनाई थियो । माओवादीको अभियान कसैकाविरुद्ध नभई भ्रष्टाचार, व्यथिति, बेरोजगारी जस्ता समस्याविरुद्ध भएको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणी खनालकोसमेत उपस्थिति रहेको थियो । सचिव खनालले माओवादी नेता कार्यकर्ताहरू जनताका घर घरमा पुगेर जनगुनासोलाई सम्बोधन गर्दै अगाडी बढ्नुपर्ने बताए । जनताको भरोसा माओवादीसँगै भएकाले भरोसाअनुरूप काम गर्दै जाँदा मात्र पाटी बलियो हुने उनको धारणा थियो ।