रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी बलियो बनाउन भन्दै देशभर वडा केन्द्रित ३ माहिने ‘जरा अभियान’ सञ्चालन गरिरहेको छ । सोही अभियानमा विशेष गरी सदस्यता वितरण तथा नविकरण, कमिटीहरु पुनर्गठन, भेला, बैठक, प्रशिक्षणलगायतका कार्यक्रमहरु गाँउ केन्द्रित गरिरहेको छ । अभियानका क्रममा सुनसरीको इनरुवा नगरपालिका–५ का ९२ वर्षीय वृद्ध भवानी पोखरेलले पार्टी सदस्यता नविकरण गराएका छन् ।
उनीसँगै बलाहाका ८० वर्षिय चरा बिज्ञ जीवनाथ पोखरेल, ७८ वर्षिय अच्युत खतिवडा, ७५ वर्षिय बुद्धकुमार नेपाल, ७३ वर्षिय गणेश निरौला, ७० वर्षिय मन नारायण श्रेष्ठ, ७० वर्षिय श्यामप्रसाद भट्टराई, ७० वर्षिय थानेश्वरी अधिकारीलगायतले सदस्यता नविकरण गराएका छन् ।
सुनसरीको इनरुवा नगरपालिका स्थित बलाहा कम्युनिष्ट आन्दोलनको उर्वर भूमि भएको भन्दै अग्रजहरुको सक्रियताले कम्युनिष्ट आन्दोलनलाई नयाँ उर्जा दिने एमाले कोशी प्रदेश कमिटी सदस्यसमेत रहेका अभियानका प्रमुख अभियान्ता लोकेश निरौलाले बताए ।अग्रजहरु गोबिन्द पोखरेल, ईश्वरी घिमिरे, हेमराज कोईराला, प्रेम खतिवडा र नयाँ पुस्ताका युवाहरुलेसमेत पार्टी सदस्यता नवीकरण गराएको र नयाँ सदस्यता बितरण गरेको निरौलाले जानकारी दिए ।
अभियानका क्रममा वडा कमिटीका अध्यक्ष पार्वतीराज पोखरेलको अध्यक्षतामा शनिबार अभिमुखीकरण कार्यक्रममा आयोजना गरिएको थियो ।




































Discussion about this post