धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनले विभिन्न बिषयमा आफ्ना धारणाहरु सार्वजनिक गर्ने गर्छन् ।
पछिल्लो समय धरानमा मन्दिरकै छेउमा चर्च बनाइएको भन्दै हिन्दु धर्मका समर्थकहरुले त्यसको बिरोध गरिरहेका छन् । मेयर साम्पाङ क्रिश्चियन धर्मको संरक्षक भएको भन्दै यो बिषयलाई लिएर उनको तिब्र आलोचना भइरहेको छ ।
शुक्रबार यहि बिषयलाई लिएर सामाजिक सञ्जाल (फेसबुक) मा मेयर साम्पाङले हिन्दु धर्म भित्र रहेको वर्ण व्यवस्था र जातिय विभेदप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।
‘इसाई बढे भनेर भन्नू भन्दा पनि किन बढे भनेर कारण खोज्नु ! जातिय विभेद पालेर बस्ने कुन धर्म हो ? वर्ण व्यवस्था कुन धर्ममा छ ?’ उनले सामाजिक सञ्जालमा भने, ‘समय सापेक्ष बदलिन नसके सकिने मेलो आउँछ !’
आफु सबै धर्मको सम्मान गर्ने भएको भन्दै आफुलाई धर्मको आरोप लगाउँनेहरु पार्टीका झोलेहरु रहेको समेत उनले बताए ।
































Discussion about this post