झुम्का । सुनसरीको झुम्कामा आगामी मंसिर १४ देखि २१ गतेसम्म सार्वजनिक श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
मूल आयोजक समारोह समिति झुम्काको आयोजनामा हुन लागेको महायज्ञमा नेपालका प्रथम ऐतिहासिक जगद्गुरु अनन्तश्रीविभूषित श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजजीको समुपस्थिति रहने आयोजकले जनाएको छ ।
रामधुनी नगरपालिका वडा नं. ३ र ५ तथा इटहरी उपमहानगरपालिका वडा नं. १६ को संगमस्थल ‘लायन्स चोक’मा आयोजना हुने महायज्ञमा दैनिक पूजा, भागवत पाठ पारायण, कथा प्रवचन लगायत धार्मिक कार्यक्रम सञ्चालन गरिनेछ ।
महायज्ञबाट संकलित रकम बराहक्षेत्रस्थित जगद्गुरु बालसन्त आश्रममा भवन निर्माण कार्य सम्पन्न गर्न खर्च गरिने आयोजक समितिले जनाएको छ ।
आज झुम्कामा पत्रकार सम्मेलन गर्दै आयोजक समितिले महायज्ञमा सहभागी भई श्रीमद्भागवत महापुराणको कथा श्रवण तथा धार्मिक ज्ञान प्राप्त गर्न सम्पूर्ण भक्तजनलाई आग्रह गरेको छ ।

































Discussion about this post