बराहक्षेत्र ।
सुनसरीको बराहक्षेत्र नगरपालिका ६ स्थित चक्रघट्टिमा रहेको बराह चित्र मन्दिर पुनः सञ्चालनमा ल्याइने भएको छ ।
बिगत लामो समय चलेर लकडाउनका कारण बन्द भएको हल पुन सञ्चालन गरिने बताइएको हो । यो सिनेमा हल बराहक्षेत्र नगरमा रहेको एकमात्र हल पनि हो ।
आगामी कार्तिक २४ गते उदघाटन गरेर औपचारिक सुरुवात गरिने भएको स्रोतले बताएको छ ।
उदघाटन समारोहमा ‘ऐना झ्यालको पुलती’ प्रदर्शन गरिने छ । जसको लागि टिकट प्रणाली राखिएको छ । त्यस्तै, सोही दिन स्थानीय प्रतिश श्रेष्ठले निर्देशन गरेको लघुचलचित्र ‘जब प्रकाश जान्छ’ बिहान १० बजे प्रदर्शन गरिने निर्देशक श्रेष्ठले बताए । उनका अनुसार लघुचलचित्र हेर्नका लागि भने निशुल्क व्यवस्था रहनेछ ।