काठमाडौं । तीन वर्षपछि आँचल शर्मा र पल शाहले सँगै ‘नाइँ नभन्नु ल ६’ हरेका छन् ।
आँचलको आग्रहमा उनीहरुले आइतबार राति क्यूएफएक्सको लबिम हलमा सँगै फिल्म हेरेका हुन् ।
फिल्म हेरेपछि दुवैजनाले मिडियासामु एकअर्काको तारिफ समेत गरे । ‘नाइँ नभन्नु ल ६’ हेर्दा आँचलको अभिनयले आफ्नो मन जितेको पलले सुनाए ।