रामधुनी । रामधुनी नगरपालिका–१ झुम्कामा सञ्चालनमा रहेको साई हस्पिटल प्रा. लि. ले यहि कात्तिक १ गते शनिवार विशेष स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
हस्पिटलको मासिक नियमित कार्यक्रमअन्तर्गत आयोजना गर्न लागको यस शिविरमा वरिष्ठ फिजिसियन, महिला तथा प्रसूति रोग विशेषज्ञ, नवजात शिशु तथा बालरोग विशेषज्ञ चिकित्सकहरूबाट निशुल्क परामर्श सेवा प्रदान गरिने हस्पिटलले जनाएको छ । साथै ल्याब सेवामा ५० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ ।
शिविरमा वरिष्ठ फिजिसियन डाक्टर शशी शर्मा रिजाल, महिला तथा प्रसूति रोग विशेषज्ञहरु डा. राम विषेश्वर साह र डा. तुलसी कुमार महतो तथा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.रवीश बरनेतले स्वास्थ्य सेवा उपलब्ध गराउनेछन् ।
साई हस्पिटलका सञ्चालक दुर्गा फुँयालका अनुसार नियमित उपचार सेवासँगै सामुदायिक स्वास्थ्यमा पहुँच विस्तार गर्ने उद्देश्यले हस्पिटल प्रत्येक महिना यस्ता विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
साई रामधुनी नगरपालिकामा सञ्चालित एक मात्रै १५ बेडको हस्पिटल हो ।


































Discussion about this post