इनरुवा । नेकपा एमालेका नेता एवं प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री भीम आचार्यले आफु २ महिना प्रदेशको मुख्यमन्त्री हुँदा नीतिगत र संस्थागत बिकासका धेरै कामहरु गरेको बताएका छन् ।
एमालेको तर्फबाट सुनसरी क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका आचार्यले इनरुवामा आयोजित एक चुनावी कार्यक्रमलाई संबोधन गर्दै यस्तो बताएका हुन् ।
उनले आफू छोटो समय पर्यटन मन्त्री हुँदा विजयपुर, विष्णुपादुका, बराहक्षेत्र, रामधनी, बर्जु ताल, तालतलैया सबैमा पहिलो केन्द्रिय सरकारको बजेट पारेको बताए । ‘मैले नेपालमा दुई वटा इन्टरनेश्नल एयरपोर्ट सुरु गराएँ, छोटो समयलाई पनि उपयोग गरेर काम गरेँ ।’
उनले आगामी दिनमा चुनाव जिते पनि हारे पनि यस क्षेत्रको विकासमा बाँकी सम्पुर्ण राजनितिक र सामाजिक जिवन समर्पित गर्ने समेत बताए ।