धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पत्रकारलाई ‘झोले’को संज्ञा दिएका छन् ।
घण्टाघरमा आफन्तलाई कर्मचारी नियुक्त गरेको बिषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि आक्रोशित मेयर साम्पाङले आइतबार सामाजिक सञ्जाल (फेसबुक) मा पत्रकार लक्षित एक स्टाटस लेख्दै ‘लु के गर्छस गर्’ भन्दै चुनौती समेत दिएका छन् ।
उनले लेखेका छन्, ‘ए झोले पत्रकार हो… धरानका सबै कर्मचारी मेरै आफन्त देख्यौ ? नेपाल भरिका सबै कर्मचारी मेरै आफन्त हुन् ! लु के गर्छस गर् !’
मेयर साम्पाङ पत्रकारहरुमाथि आक्रामक देखिन्छन् । उनले आफुविरुद्ध प्रश्न गर्ने जोकोहि पत्रकारलाई ‘कुन पार्टीको पत्रकार हो’ भन्दै प्रतिप्रश्न गर्ने गरेका छन् ।

































Discussion about this post