रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ८ मा थारु महिलाहरुको महान पर्व जितिया बिषेश कार्यक्रम सम्पन्न गरिएको छ ।
मंगलबार थारु महिला सभा रामधुनी–८ ले आयोजना गरेको जितिया बिशेष कार्यक्रममा महिलाहरुले जितियासँग सम्बन्धित विभिन्न मौलिक नृत्यहरु प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न गरिएको हो ।
थारु महिला सभा रामधुनी–८ ले आयोजना गरेको कार्यक्रममा थारु कल्याणकारीणि सभा (थाकस) रामधुनी–८ को सहकार्य र स्थानीय वडा कार्यालयको आर्थिक सहयोग रहेको थियो ।
कार्यक्रममा रामधुनी नगरपालिकाकी पूर्व उपमेयर सबिना कुमारी चौधरी, रामधुनी–८ वडा अध्यक्ष सुरेन्द्र सिंह खवास, रामधुनी ९ का वडा अध्यक्ष घनश्याम चौधरी, थाकस सुनसरी जिल्लाका पूर्व सचिव मनोज चौधरी, थाकस रामधुनीका सभापति राजकुमार चौधरी, थारु महिला सभा रामधुनीकी अध्यक्ष लिली चौधरी लगायतको उपस्थिति रहेको थियो ।
बिषेशगरि थारु महिलाहरुले आफ्ना श्रीमान र सन्तानहरुको सुस्वास्थ्य दीर्घायु, सुख, शान्ति, समृद्धि र मनोकामना पूर्ण गराउनका लागि जितियाको व्रत बस्ने गर्दछन् । थारु समुदायसँगै तराइमा मधेशी, दलित लगायत तराई–मधेशमा बसोबास गर्दै आएका अन्य समुदायलेसमेत यो पर्व मनाउने गरेका छन् ।