Thursday, April 9, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home दृष्टिकाेण

      त्यो बेला निलम खनालले मलाई (अ)पहरण नगरेको भए, मेरो पत्रकारिता यात्रा त्यहिँ रोकिन्थ्यो कि !

      सुबिन विश्वकर्मा by सुबिन विश्वकर्मा
      ०१/०३/२०८१
      307
      SHARES
      Share on FacebookShare on Twitter

      ३ भाद्र, २०७६ को बराह खबर राष्ट्रिय दैनिकमा एउटा शीर्षकमा समाचार छापियो– ‘मेयरको गाउँमा बनाइएको पर्खाल दुई वर्ष नपुग्दै भत्कियो !’ त्यसमा बाइलाइन मेरो थियो ।

      त्यसको झन्डै एक महिनापछि :

      मधेशमा वर्षायामको त्यो चर्किलो घाम । कोठाभित्र चुकुल लगाएर मस्त पढिरहेको थिएँ, सेन्डो र हाफ पाइन्ट लगाएर ।

      ५/६ वटा मोटरसाइकल हाम्रो घर अघिल्तिर आएर रोकिएछन् ।

      त्यो हुलमा सबैजसो २०/२२ वर्षीय उरेन्ठ्यौला केटाहरू थिए । भिडिहालौं भन्ने टाइपका । संयोगवश, मैले चैं त्यसबेला हजुरबुबाको मृत्युपछि लड्ने/भिड्ने काम छोडिसकेको थिएँ । उनीहरू हाम्रो घर अघिल्तिर आएर मेरो नाम लिएर ‘बाहिर निस्की’ भन्दै चिच्याइरहे । मलाई भने ‘कोही होला’ भन्ने लाग्यो, निस्किइनँ ।

      त्यसपछि त्यो भीडको नेतृत्व गर्ने पाको व्यक्ति हुनुहुन्थ्यो, हिरा सुब्बा –त्यहि पर्खाल बनाउने उपभोक्ता समितिको अध्यक्ष) जसको मृत्यु भइसकेको छ । उहाँले ढोका ढकढक गरेपछि खोलेँ । एक्कासि हातमा समाएर आँगनमा निकाल्नुभयो । छक्क परेँ । ‘के ताल हो यो, के गर्नुभा ?’, मैले यस्तै केहि भनेँ ।

      उहाँले मेरो हात समाइनैरहनुभयो । अरू ती केटाहरू खै केके ठूल्ठूला कुराहरू गर्दैथिएँ, वास्तै गरिनँ । अनि उहाँले निलम खनाल (तत्कालीन बराहक्षेत्र नगरका मेयर) लाई फोन गर्नुभयो, हेड्स्फ्री गरेको हुँदा उहाँहरूको संवाद प्रष्टै सुनेँ ।

      हिरा सुब्बाले भन्नुभयो– दाइ त्यो केटो घरमै रैछ, के गरौं ?

      निलम खनालको जवाफ थियो– त्यसलाई घिसारेर नगरपालिका लिएर आइज ।

      अनि हिरा सुब्बाले मलाई नगरपालिका हिड् भन्नुभयो । मैले जान्नँ, तपाईंहरूसँग पछि कुरा गरौंला भनेँ । उहाँले जादैनस् भने उठाएर लान्छु भन्नुभयो । त्यसबीचमा हाम्रो घर अघिल्तिर गाउँलेहरूको भीड जम्मा हुन थालिसकेको थियो । त्यै भएर मलाई उनीहरूको अगाडि थप तमास देखाइरहन मन लागेन ।

      अनि नगरपालिका जाने मनशाय बनाएर ‘म पाइन्ट लगाएर आउँछु (त्यसबेला हाफपाइन्ट लगाएर नगरपालिका पस्न पाइँदैनथियो) भनेर कोठाभित्र जान खोजेँ । हिरा सुब्बाले घोक्राएर मलाई तान्नुभयो र, एउटा मोटरसाइकलको पछाडि बसाएर नगरपालिका पुर्याउनुभयो ।

      नगरपालिकाको कार्यालय पुर्याइयो । मेयर खनालको कार्यकक्षमा सेवाग्राही, कर्मचारी, जनप्रतिनिधि (मलाई याद भएसम्म तत्कालीन ७ नम्बर अध्यक्ष वीरबहादुर लिम्बूसहित) २० जनाको हाराहारीमा मान्छेहरू थिए । मलाई सोफाको एउटा कुनामा बसाइयो । बसाइयो पनि के भन्नू, थचारिइयो ।

      त्यसपछि मेयर खनाल र मबीच यस्तो संवाद (मलाई याद भएसम्म) भयोः

      मेयर : के समाचार लेखेको तो ? मलाई त राम्रै होलास् भन्ने पो लागेको थ्यो । (हामी एकअर्काको छिमेकीसमेत भएको कारण पहिल्यैदेखि मैले उहाँलाई सम्मान गर्ने भएकाले)

      म : मैले त्यस्तो गल्ती के लेखेको छु र ?

      मेयर : … त्यो गाउँ तेरो पनि होइन, किन मेयरको गाउँ लेखिस्, तैले मलाई नराम्रो देखाउन खोजेर म नराम्रो हुन्छु ?

      म : त्यो त समाचारको भाषा होनि सर ।

      मेयर : तँ मलाई भाषा सिकाउँछस्, यो ठाउँमा सबैभन्दा पैला पत्रीका निकाल्ने मान्छे हुँ म ।

      म : था छ ।

      मेयर : …हिजोअस्तिको चल्लो जस्तो लाग्छ, तेरो यति छिटो पखेटा पलाइसको ? नगरपालिकाको ३० लाख बजेट भनेर कहाँबाट लेखिस्, तैले देको छस ? (एकोहोरो)

      म : तपाईंले अलि कुरा नबुझ्नु भको हो । पालिकाको २० लाख र वडाको १० लाख ८० हजार लेखेको हो । जम्मा गरेर ३० लाख ८० हजार खेर गयो भनेको हो । अनि अर्को कुरा, तपाईंलाई था छैन होला, हात्तीलाई पनि कमिलाले लडाउनसक्छ ।

      मेयर : ए तँ अझै ठूलो कुरा गर्छस ? तेरो करङ सरङ भाच्दिउँ ?

      म : हेरौं न त । (उहाँको धेरै कुरा थाहा पाएको भएर मलाई डरै थिएन)

      मेयर : …मैले चाहे भने तलाईं अहिले खतम गरेर कोशीमा मिल्क्याइदिनसक्छु । (यसबेलासम्म अघिका ती सबैजसो मान्छेहरू बाहिर निस्किसकेका थिए, हिरा सुब्बाको टोली मात्र थियो) तेरो बाउलाई सोध, म कस्तो मान्छे भनेर । (मेरो ड्याडीसँग उहाँको राम्रो दोस्ती थियो)… तेरो बाउलाई अहिले झिकाएर कुरा गर्दिउँ ? (त्यसबेला ड्याडी विदेशमा हुनुहुन्थ्यो)

      म : (ड्याडीको कुरा आएपछि म झस्किएँ) तपाईं र मेरो कुरामा ड्याडीलाई किन बीचमा ल्याउनुहुन्छ ?

      मेयर : ‘त्यो गाउँमा आजसम्म मलाई कसैले ठाडो आँखा लगार हेर्न सकेको थ्येन । तेरो यत्रो हिम्मत काँबाट आयो ? कस्ले उचालो तलाई ?

      (एकछिन चर्चाचर्की भएर सकिएपछि)

      मेयर : भोलि नि गर, त्यो समाचार झुटो हो, मेरो गल्ती भयो भनेर त्यहीँ पत्रीकाबाट माफी माग् । नत्र तेरो बाउ…

      ड्याडीको कुरा आएपछि सम्भवतः म आत्तिएको हुँदो हुँ । हुन पनि त्यो कलिलै दिमागले केही न केही डर अनुभूत गरेकै हुँदो हो । त्यै भएर ‘हुन्छ, माफी माग्छु’ भनेँ । त्यसपछि मलाई जान भनियो । एक किसिमले भन्दा, त्यो कोठाबाट थुनामुक्त भैयो ।

      म अरू केही नसोचेर घर फर्किएँ । घर पुगेपछि थाहा पाएँ, थुप्रै गाउँलेहरू हाम्रो घरमा भेला भएका रहेछन् । खासगरी केही बुज्रुक युवाहरू भने ‘निलम खनालको घर जाऔं, यस्तो राणाशासन चल्दैन’ यस्तैयस्तै भनिरहेका थिए । पढाइमा राम्रै विद्यार्थी भएको कारण मलाई परीक्षा बिग्रेला कि भन्नेमा ध्यान थियो । त्यही भएर मैले ती युवा साथीहरूलाई ‘मिलिसक्यो’ भनेर छाडिदिए ।

      त्यसपछि म यता परीक्षाको तयारीमै लागिरहेँ । तर, त्यो खबर चारैतिर फैलिसकेछ । पत्रकारका नेताहरूसम्म पनि पुगेछ । बेल्कातिर मलाई प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले फोन गर्नुभयो । घटनाबारे सोध्नुभयो । मैले हुबहु बताइदिएँ । अनि धन दाइले ‘ल मेयरसँग बसेर कुरा गर्नुपर्छ’ भनेर फोन राख्नुभयो ।

      नभन्दै पर्सीपल्ट जिल्लाबाट तत्कालीन पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्का, प्रेस युनियन सुनसरी पूर्वअध्यक्ष चेतन धमला र तत्कालीन अध्यक्ष धनबहादुर पुरी अनि पत्रकार हेमराज दाहाल आउनुभयो । साथमा स्थानीय पत्रकार हिरण्य कार्की र दिपक पुरी पनि सहभागी हुनुहुन्थ्यो । (परीक्षाकै कारणले पत्रकार संगम विष्ट त्यहाँ उपस्तिथ हुन नसकेपनि उहाँको समर्थन थियो । तर, तत्कालीन म कार्यरत सुनसरी एफएम र त्यसका स्टेसन म्यानेजर पुष्प ढुंगानाको साथ रहेन ।) मेयरको गोप्य कोठामा गएर छलफल गरियो ।

      सुरूमा भने मेयर खनालले ठूल्ठूला कुरा गरेपनि दाइहरूले प्रेस विज्ञप्ति निकाल्ने चेतावनी दिएपछि मत्थर हुनुभयो । अनि अन्त्यमा ‘हामी त छिमेकी पनि हौं, उसको बुवा मेरो साथीजस्तो मान्छे हो, यसलाई बाहिर नलगौं, मैले गल्ती स्विकारेँ’ भनेपछि एक अर्कासँग हात मिलाएर हामी सबै छुट्यौं ।

      त्यो नै मेरो पत्रकारिता यात्राको पहिलो कठिन मोड थियोे । त्यसअघि मैले कोचिला एफएम र सुनसरी एफएमबाट भर्खरै पत्रीकामा समाचार लेख्न थालेको थिएँ । तर, एफएमहरूमै हुँदा त्यसअघि पनि विभिन्न धम्किपूर्ण प्रेस विज्ञप्तिदेखि कयैंन प्रलोभनसम्म ब्यहोरिसकेकै थिएँ । मैले मात्र होइन, मोफसलका काम गर्ने सबै (जसो) पत्रकारले यो सब झेलिरहेकै थिए÷छन् । पत्रकार महासंघ सुनसरीमा बसेर काम गर्दैगर्दा अनुभव गरेको छु ।

      तर, त्यो मोड्मा मसँग दुई विकल्प थिए– कि गिभअप गर्नुपथ्र्यो कि थप शसक्त भएर यात्रा अगाडी बढाउनुपथ्र्यो । मैले दोस्रो विकल्प रोजेँ ।

      हुन त मैले त्यसअघिसम्म पत्रकारिता लामो समय गर्ने सोचेकै थिइनँ । शिक्षणबाट ‘रेडियोमा बोल्न’ मन भएर मात्र यता लागेको थिएँ । तर, त्यो घटनाले मलाई आफैंसँगको चुनौती थपिदियो । सकारात्मक बदलाको भावना जगाइदियो । त्यो भन्छन् नि, सक्सेस इज द बेस्ट रिभेन्च । पत्रकारिताबाटै सोकल्ड सक्सेस हुनुपर्छ भन्ने लागेको थियो, त्योबेला । अनि पत्रकारिताबाट भाग्नै मन लागेन ।

      रैपनि यति त पक्का हो, त्यो घट्ना नभएको हुन्थ्यो त म पत्रकारितामा रहन्नथिएँ कि !

      कसरी सम्झिने निलम खनाललाई ?

      मैले व्यक्तिगत रूपमा दिवङ्गत निलम खनाललाई सम्झिने अनेकन् किस्साहरू छन् नै । तर, सिङ्गो हाम्रो ठाउँका बासिन्दाहरूले उहाँलाई सम्झिने भनेको बराहक्षेत्र नगरको पहिलो मेयर भनेरै हा । र, त्यस रूपमा उहाँले दिएको केही देनहरू नै हो । एमालेजनले एमाले सुनसरीको अध्यक्षका रूपमा पनि सम्झिँदा हुन् ।

      सायद सानै उमेरदेखि राजनीति गरेर आएको भएकाले पनि होला, उहाँमा राजनीतिक संस्कार थियो । जुन व्यबहारतः पालनासमेत गरिइएको थियो । मलाई यहिपक्ष ठिक लाग्यो ।

      मेरै प्रसंग :

      म त्यसैबेलादेखि एउटा मान्यतामा स्पष्ट थिएँ/छु, जोकोहीसँग पनि एउटा खास विषयमा बिचार नमिल्नसक्छ, यो स्वाभाविक पनि हो । किनकि संसार यतिधेरै रमाइलो हुनुको यो पनि कारण होकि यहाँ थुप्रै विविधताहरू छन् । यहाँ सबैलाई सबैकुरा मन पर्दैनन् र, सबैको एकैखाले बिचार पनि हुँदैनन् । तर, एउटा व्यक्तिसँग एउटा विषयमा मत मिलेन भनेपनि सबै विषयमा मिल्दैन नै भन्न सकिँदैन । त्यसैले कुनै एक कारणले त्यो व्यक्तिसँगको सम्बन्धमा पूर्णविराम लगाउँनुहुँदैन । जो सत्यको परिभाषा आआफ्नै हुन्छ । अतः फरक मतको कदर गर्नुपर्छ ।

      निलम सर (उहाँलाई पहिल्यैदेखि सर भन्थें) र ममा त्यो एउटा कुरामा मत माझामाझ भयो, सकियो । ३ महिनाजति पछि हामी एउटा औपचारिक कार्यक्रमको ड्यासमा सँगै थियौं । त्यसपछि कयौंपटक सँगै भएका छौं । सम्बन्ध त फेरि उस्तै रहिरह्यो । किनकि उहाँमा राजनीतिक संस्कार थियो, ममा लचकता थियो ।

      त्यो घटनादेखि उहाँको मृत्यु नहुन्जेसम्म असल सम्बन्ध रह्यो ।

      तर, आजका मेयर रमेश कार्कीलाई हेर्छु अचम्म लाग्छ । न राजनीतिक संस्कार छ, न मिडियामैत्री छन्, न लचकता छ, मुख्य कुरा त मेयरको रूपमा कुनै भिजन नै छैन ।

      कोही कसैसँग एउटा विषयमा कुरा मिलेन भने ‘म त्यसलाई बजेट नै दिन्न, मलाई फोन नै नगर्नु अब’ भन्छन् । हुन त आजका मेयर कार्की राजनीति गरेर निखारिएका व्यक्ति नभएर पनि हुनसक्छ, राजनीतिक संस्कार नबुझेको ।

      निलम खनाल मेयरको रूपमा :

      आजको बराहक्षेत्रको जग मेयर निलम खनालले बनाइदिएको हो । ११ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्रको भवन बनेको छ, ६ नम्बर बाहेक सबै वडाको भवन बनेको छ, पालिकाको भवन सुव्यवस्थित छ । निलम खनालकै देन हो ।

      आजको सप्तकोसी बहुमुखी क्याम्पस र नगर अस्पताल उहाँकै देन हो । उहाँले १ करोड ५५ लाख पालिकाबाट मात्र विनियोजन गरेर सप्तकोसी क्याम्पस आजको स्थितिमा आइपुग्यो । त्यसमाथि प्रदेश र विभिन्न दातृ निकायहरूसँगको समन्वय त लोभलाग्दो थियो । त्यसैको कारण आज त्यस क्याम्पसमा ६०० बढी गरिबका छोराछोरी पढ्न पाएका छन् ।

      ग्रामीण क्षेत्रमा रहेर नगर अस्पतालमा आज दैनिक सयौं विरामीले लाभ उठाउनसक्ने परिस्थिति बनेको छ। यो निलम खनालकै देन हो ।

      तर, जसरी आजका मेयर रमेश कार्कीले ढाट्न खोजिरहेका छन्, त्यो सत्य होइन । ढाट्न त कार्कीले ढाटे बराहक्षेत्रबासीलाई । तत्कालीन खनाल नेतृत्वको सरकारको भ्रष्टाचार फाइल खोल्छु भनेर ढाटे, हामी आउनेबित्तिकै नगर अस्पताल फाइदामा गयो भनेर ढाटे, ३४ लाखको गाडी क्याम्पसलाई दिएर सिंग्गो क्याम्पसको उन्नयनमा मेरो देन छ भनेर ढाटे । अरू थुप्रै कुरा ढाटे ।

      अन्त्यमा,

      निलम खनाललाई बराहक्षेत्रबासीले कसरी सम्झिने र उहाँको देन केके हुन् ? अर्को लेखमा विस्तृत चर्चा गरौंला ।

      अन्तिमपटक निलम सरप्रति गहिरो स्मरण । यहाँको देनको कारण सधैं अमर रहनुहुनेछ । सायोनारा निलम सर !

      (पत्रकार सुबिन विश्वकर्माले आफ्नो वास्तविक घटनामा आधारित रहेर लेखेको ब्लग हो। उनी हाल उकेरा डटकम र राष्ट्रिय समाचार समितिसँग आबद्द छन्।)

      Tags: Banner
      Previous Post

      रामधुनी नगरपालिकामाथि अनुचित माग राखेर घेराबन्दी नगर्न एमालेको आग्रह

      Next Post

      एमाले इनरुवाको अध्यक्षमा भारी मतले पौडेल निर्वाचित

      सुबिन विश्वकर्मा

      सुबिन विश्वकर्मा

      सम्बन्धित खबर

      शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय
      दृष्टिकाेण

      इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

      by हाम्राे शब्द
      १३/११/२०८२
      0

      रामधुनी । इहटरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले हल्ला, आरोप र विरोध मात्रले देश नबन्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा...

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी
      दृष्टिकाेण

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

      by हाम्राे शब्द
      ११/०८/२०८२
      0

      सुनसरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको आफ्नो पार्टी सदस्यता नेतृत्वले अनुचित तरिकाले रोकेको बताएकी...

      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

      १०/०८/२०८२
      उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

      उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

      २९/०७/२०८२
      फायल तस्बिर

      नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

      २१/०७/२०८२
      अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

      अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

      १३/०७/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana