रामधुनी । खेलकुद क्षेत्रको विकास र युवाहरूमा ऊर्जा तथा प्रतिस्पर्धा भावना अभिवृद्धि गर्न रामधुनी नगरपालिकाले पछिल्ला वर्षहरूमा उल्लेखनीय सक्रियता देखाएको छ । विविध खेलकुद कार्यक्रम आयोजना गर्दै आएको नगरपालिकाले चालु तथा अघिल्लो आर्थिक वर्षमा उल्लेख्य बजेटसमेत विनियोजन गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेर ‘मेयर कप फुटबल प्रतियोगिता’ सञ्चालन गरेको छ । यस्तै, ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ का लागि पनि नगरपालिकाले ५० हजार रुपैयाँ छुट्याएको थियो । वडा नं. ३ स्थित सिङ्गिया कवर्डहलमा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगिताका लागि १ लाख रुपैयाँ, ‘उपमेयर क्रिकेट कप’ का लागि ३ लाख रुपैयाँ र रामधुनीमा पहिलो पटक सम्पन्न भेट्रान फुटबल प्रतियोगिताका लागि २ लाख रुपैयाँ बराबरको सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाले कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताका लागि २ लाख ५० हजार रुपैयाँ, ‘उपमेयर कप भलिबल प्रतियोगिता’ का लागि १ लाख रुपैयाँ र ‘मेयर कप फुटबल प्रतियोगिता’का लागि २ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र सामाजिक एकता विकास गर्ने भएकाले खेल क्षेत्रलाई सशक्त बनाउँदै जाने योजनामा बनाएको नगर प्रमुख शंकरलाल चौधरीले बताए । स्थानीय युवा तथा खेलप्रेमीहरूले नगरपालिकाको खेलकुदमैत्री नीति र बजेटीय प्राथमिकतालाई स्वागत गरेका छन् । आगामी दिनमा नगरपालिकाले निरन्तर खेलकुदको बिकासका काम गर्ने जनाएको छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

































Discussion about this post