सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी ओलीले समय परिस्थिति सधैँ एकैनास नहुँने भन्दै सरकारलाई उत्ताउलिएर धेरै अघि नबढ्न चेतावनी दिएका छन् । आज बबरमहलमा आयोजित सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकार पूर्वाग्रही ढङ्गले अघि बढेको आरोप लगाउँदै ओलीले भने,‘समय परिस्थिति सधैँ एकैनासको हुँदैन, उत्ताउतिएर धेरै अघि नबढ्नुहोला । राणाशासन, पञ्चायती तानाशाही, राजतन्त्र ढले, अनेक तन्त्र ढले, यो अराजकतन्त्र कति समयको पाहुना हो। लामो समय चल्न सक्दैन ।’
उनले भदौ २३–२४ गतेको आक्रमण राष्ट्रियता र देशभक्तिविरुद्धको आन्दोलन भएको दाबीसमेत गरे । उनले विभिन्न राजनीतिक शक्तिहरूको भूमिका, गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमलाई सही ढङ्गले बुझ्नुपर्ने भन्दै गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन तमासामात्र भएको बताए ।































Discussion about this post