रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले मुसहर समुदायमा रहेका कहिल्यै विद्यालय नगएका किशोरीहरुलाई लक्षित गरेर नगभरीका सम्पुर्ण मुसहर बस्तिहरुमा अतिरिक्त कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ ।
आइतबार नगरपालिकाको चौधौं नगरसभामा आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शंकरलाल चौधरीले यस्तो घोषणा गरेका हुन् ।

मेयर चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘मुसहर समुदायमा रहेका र कहिल्यै विद्यालय नगएका, गएर बिचमै पढाई छाडेका, कम उमेरमै बिबाह भई आमा बनेका वा अपांग भएका १० देखि १८ बर्ष उमेर समुहका किशोरीहरुलाई आधारभूत शिक्षा, जिवन उपयोगी शिप तथा जिविकोपार्जनका लागि तालिम प्रदान गरि उनीहरुलाई भबिष्यमा सरकारी शिक्षा तथा रोजगारीको मुल प्रवाहमा समाहित हुन योग्य तुल्याउँदै सामाजिक रुपले एक सक्रिय सचेत तथा आर्थिक रुपले आत्मनिर्भर नागरिक बनाउँन नगरको सम्पुर्ण मुसहर बस्तिमा अतिरिक्त कक्षा र अनौपचारिक शिक्षा सम्बन्धि बिषेश कार्यक्रम संघ संस्थाको साझेदारीमा सञ्चालन गरिनेछ ।’

































Discussion about this post