रामधुनी । रामधुनी नगरपालिकाद्वारा सञ्चालित झुम्का आधारभूत अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु भएको छ । स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच भएको सम्झौता अनुसार अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमको प्रथम सेवा बिन्दुका रुपमा कार्य गर्नेगरी बुधबार नगरपालिकाकी उपप्रमुख तारा थापाले कार्यक्रम उद्घाटन गरिन् ।
उद्घाटनसँगै रामधुनी नगरबासीले इटहरी अस्पताल र इनरुवा स्थित जिल्ला अस्पताल पुगेर बीमाको सेवा लिनुपर्ने बाध्यता अन्त्य भएको उपप्रमुख थापाले बताइन ।
गत भदौ २२ गतेदेखि नै अस्पतालमा स्वास्थ्य बीमा सेवा सूचारु हुनेगरी विमा बोर्डसँग सम्झौता भएको भए पनि तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नेगरी मिति भदौ २५ गतेलाई सारिएको थियो । तर, मूलुकमा जेनजी आन्दोलनसँगै असामान्य स्थिति सिर्जना भएपछि विमा सेवा सुचारु हुँन केहि ढिलाई भएको थियो ।


































Discussion about this post