रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ९ मा रहेको ‘तिन टोलिया मुसहर बस्ति’ मा करिब ५० ओटा शौचालय निर्माण हुदैछन् ।
नगरपालिका, इटिसी नेपाल, शेभ द अर्थ र वडा कार्यालयको सहकार्यमा बस्तिमा शौचालय बन्ने भएको हो ।
ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्ने विपन्न समुदायका मानिसहरुले आफै शौचालय निर्माण समेत गर्न नसक्ने भएकाले उक्त बस्तिमा शौचालय निर्माणका लागि आफुहरुले पहल गरेको वडा अध्यक्ष घनश्याम चौधरी बताउँछन् ।
‘त्यो बस्तिमा विपन्न मुसहर समुदायको बसोबास छ । त्यहाँ आफै शौचालय बनाउन सक्ने मानिस कमै छन् । त्यसैले हामी शौचालय निर्माण गर्दैछौँ ।’ चौधरीले भने, ‘सबै तिरबाट साथ सहयोग लिएर विपन्न बस्तिको सुधारमा लागेका छौँ ।’
शौचालयमा करिब ७० प्रतिशत काम सकिएको र बाकी काम सम्पन्न भएपछि समुदायलाई हस्तान्तरण गरिने वडा कार्यालयले जनाएको छ ।




































Discussion about this post