रामधुनी । एक बर्षअघि झुम्कामा सञ्चालनमा आएको साई हस्पिटलले प्रथम बार्षिक उत्सव मनाउँदैछ । आगामी चैत्र २४ गते बिहान ११ बजेदेखि बिशेष कार्यक्रम गरेर बार्षिक उत्सव मनाउन लागिएको सञ्चालन दुर्गा फुँयालले बताए ।
साई रामधुनी नगरपालिकामा सञ्चालित एकमात्र १५ शैयाको हस्पिटल हो । बार्षिक उत्सवको अवसरमा हस्पिटलले ५० पटकभन्दा बढी रक्तदान गर्ने रक्तदातालाई सम्मान गर्ने भएको छ ।
रक्तदानका कारण पीडित व्यक्तिले नयाँ जीवन पाउँनुका साथै दिने व्यक्तिलाईसमेत स्वास्थ्य लाभ हुने कुरा जानकारी गराउँन सम्मान गर्न लागिएको सञ्चालक फुँयालले बताए ।
त्यस्तै, हस्पिटलले बार्षिक उत्सवको अवसरमा २१ गतेदेखि नै विभिन्न कार्यक्रम गर्ने भएको छ । २१ गते निशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर, २२ गते दन्तरोग शिविर, २३ गते निशुल्क स्वास्थ्य शिविर र २४ गते रक्तादानसँगै बार्षिक उत्सव गर्ने हस्पिटलका सुचना अधिकारी डिल्लीराम भण्डारीले हाम्रोशब्दलाई जानकारी दिए ।