सुनसरी । नेपाल लोकतान्त्रिक थारु संघ सुनसरीको अध्यक्षमा राजकुमार चौधरी चयन भएका छन् ।
निर्वाचन समितिका संयोजक दुलिचन चौधरीका अनुसार बुधबार इटहरी उपमहानगरपालिका–१६ जब्दी मन्दिर परिषरमा सम्पन्न चौथो अधिवेशनबाट राजकुमारको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत रुपमा चयन भएको हो । त्यस्तै, संघको उपाध्यक्षमा शशी कुमार चौधरी, सचिवमा श्याम चौधरी, कोषाध्यक्षमा प्रभावकर माझी, उपसचिवमा अनिता कुमारी चौधरी र प्रेम चौधरी चयन भएका छन् ।
अधिवेशनमा संघका केन्द्रीय अध्यक्ष लालमणि चौधरी, एमाले केन्द्रीय सदस्य भगवती चौधरी, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी लगायतको उपस्थिति रहेको थियो । लोकतान्त्रिक थारु संघ नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट संगठन् हो ।

































Discussion about this post