रामधुनी । सुनसरीको रामधुनीमा पहिलो पटक ‘प्रथम रामधुनी मेयर कप भेट्रान नकआउट फुटबल प्रतियोगिता २०८१’ हुने भएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजक क्लव रामधुनी भेट्रानले फागुन १७ गतेदेखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी भइरहेको रामधुनी भेट्रानका अध्यक्ष कुमार बस्नेतले जानकारी दिए । प्रतियोगितामा ८ ओटा टिमको सहभागिता रहने र सबै टिमको टुंगो लागिसकेको बस्नेतले बताए ।
सहभागी क्लबहरुलाई ‘ए’ र ‘बी’ गरेर दुई समुहमा विभाजन गरिएको छ । जस अन्तर्गत समुह ‘ए’ मा राजावास भेट्रान, विराटनगर भेट्रान, आयोजक रामधुनी भेट्रान र सिराहा भेट्रान रहेका छन् । त्यस्तै समुह ‘बी’ मा दमक भेट्रान, पूर्वेली भेट्रान, बिराटचौक भेट्रान र झिलझिले भेट्रान रहेका छन् ।
प्रतियोगितामा विजेता टिमले नगद एक लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैँया प्राप्त गर्ने आयोजक क्लवले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि कुल ५ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

































Discussion about this post