सुनसरी । कोशी प्रदेश सभाको विषयगत समितिले ‘प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ पारित गरेको छ ।प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिले दफावार छलफलका लागि सभाले पठाएको विधेयक बुधबार पारित गरेको हो ।
विधायन समितिमा रहेका विपक्षी दल माओवादी, एकीकृत समाजवादी र केही सत्ताधारी कांग्रेसका सांसदहरूले विधेयकका बिषयमा असहमति राखे पनि समितिले बहुमतका आधारमा पारित गरेको हो ।
समितिबाट पारित विधेयक भदौ ६ गतेको प्रदेश सभा बैठकमा पेस गर्ने तयारी गरिएको प्रदेश सकारका एक मन्त्रीले बताए ।

































Discussion about this post