रामधुनी । सुनसरीको झुम्का कारागारमा लागूऔषध मुद्दामा थुनुवा रहेका एक युवकको मृत्यु भएको छ ।
लागूऔषध मुद्दामा २५ हजार धरौटी तिर्न नसकेर कारागार चलान भएका भोजपुरको हतुवागढी गाउँपालिका–८ घर भई हाल धरान उपमहानगरपालिका–१२ बस्ने २८ वर्षीय विकास राईको बुधबार बिहान मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
बुधबार बिहान अचानक बेहोस भएर ढलेका उनलाई तत्काल उपचारका लागि इनरुवा अस्पताल पु¥याइएको थियो । त्यहाँ पुगेपछि बिहान करिब ५ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले बताए ।

































Discussion about this post