सुनसरी । तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनपछि देखिएको राजनीतिक विभाजनका क्रममा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएका सुनसरीका नेताहरु पुनः एमालेमै फर्किएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा उनीहरूको यो पुनरागमनलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।
एमालेमा पुनः प्रवेश गर्नेहरूमा एमाले पूर्व केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य धर्मराज निरौला, एकीकृत समाजवादीका तत्कालीन केन्द्रीय सदस्य चिरञ्जीवी भट्टराई, रामधुनी नगरपालिका अन्तर्गत पर्ने साविक बकलौरी गाविसका पूर्व अध्यक्ष श्यामनारायण राजधामी, तथा तत्कालीन एकीकृत समाजवादी निकट अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष सुमन कार्की लगायत रहेका छन् ।
उनीहरूलाई शनिबार बेलुका झापा क्षेत्र नम्बर ५ स्थित निर्वाचन परिचालन कमिटीको कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।
यी नेताहरू यसअघि संसद् विघटनको विषयलाई लिएर असन्तुष्टि जनाउँदै एमालेबाट अलग भएर माधव नेपाललाई साथ दिएका थिए । तर नेता नेपालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेपछि उनीहरु घनश्याम भुसालको अभियानमा जोडिएका थिए । तर, पछिल्लो समय ‘देश संकटमा रहेको’ भन्दै पुनः एमालेमै फर्किका हुन् ।


































Discussion about this post