सुनसरी । नेपालको दशौँ सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका अर्याल सभामुख पदका लागि एक्लो उम्मेदवार बनेपछि निर्विरोध निर्वाचित भएका हुन् ।
२०३१ भदौ ६ गते मैदी, धादिङमा जन्मिएका अर्याल २०४९ सालमा भविष्य खोज्दै काठमाडौँ प्रवेश गरेका थिए । प्रारम्भिक संघर्षका क्रममा उनले रेस्टुरेन्टमा काम गरेका थिए ।
व्यवसायिक पृष्ठभूमिबाट आएका अर्यालको राजनीतिक यात्रा भने छोटो समयमै तीव्र गतिमा अघि बढेको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएसँगै २०७९ असारदेखि सक्रिय राजनीतिमा प्रवेश गरेका उनले करिब ४२ महिनामै मुलुकको उच्च संवैधानिक पद सभामुखसम्मको यात्रा तय गरेका हुन् ।
छोटो समयमै हासिल गरेको यो सफलता नेपाली राजनीतिमा उदाहरणीय रूपमा हेरिएको छ ।






























Discussion about this post