काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने बताएका छन्।
पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै लामिछानेले सुकुमवासी बस्ती व्यवस्थापनका क्रममा सरकारले नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम मात्रै गरिरहेको स्पष्ट पारे।
उनका अनुसार जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका सुकुमवासीलाई पटक–पटक सूचना दिएर सुरक्षित स्थानमा सारिएको हो।
लामिछानेले ढल, बाढी तथा जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य नागरिकको सुरक्षित आवास सरकारको जिम्मेवारी भएको उल्लेख गरे। यसका लागि देशभरका यस्ता समस्या समाधान गर्न विशेष आयोगमार्फत काम अघि बढाइने पनि उनले बताए।
उनले सुकुमवासी बस्ती हटाउने विषयलाई अनावश्यक राजनीतिकरण गर्न नहुने भन्दै भोट बैंकको राजनीति नगर्न आग्रह गरे।































Discussion about this post