रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ८ मा शालनालसहित फालेको अवस्थामा नवजात शिशुको शव फेला परेको छ ।
बुधबार (आज) अन्दाजी २/३ दिनको शिशुको रामधुनी–८ टाइसन चौक र हरिण चौकबीचको बाटोबाट करिब ३०० मिटर उत्तर शाखा नहरबाट खेतमा पानी लान प्रयोग गरिने पैनीमा फेला परेको स्थानीय प्रहरी चौकी डुम्राहाका प्रमुख सनम राजवंशीले हाम्रोशब्दलाई जानकारी दिए ।
बुधबार दिउँसो करिब १ः३० बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरेपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र स्थानीय प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा मुचुल्का गरि शिशुको शव जिल्ला अस्पताल इनरुवा लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक रोमनराज अर्यालले हाम्रोशब्दलाई जानकारी दिए ।
बच्चा जन्मने वित्तिकै फालेको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

































Discussion about this post