बराहक्षेत्र ।
सुनसरीको बराहक्षेत्र नगरपालिकामा थारु कल्याणकारी सभाको नगर कार्यसमिति चयन गरिएको छ । सोमबार चयन गरिएको कार्यसमितिको सभापतिमा अधिकलाल चौधरी सर्वसम्मत चयन भएको आयोजकले जानकारी दिएको छ ।
१३ सदस्यीय गठित समितिको उपसभापतिहरूमा बिमला चौधरी, जयनारायण धामी र जयराम चौधरी, सचिवमा देवकुमार चौधरी, सहसचिवमा पर्शुराम चौधरी तथा कोषाध्यक्षमा बिनोद चौधरी अटाएका छन् । त्यस्तै, सदस्यहरूमा कमला चौधरी, झर्ना चौधरी, जयप्रकाश चौधरी, अनिल चौधरी, मनिश धामी र मनोज धामी रहेका छन् ।
बराहक्षेत्र ५ स्थित डिभाइन लाइट एकेडेमीको हलमा भएको औपचारिक कार्यक्रमको सभाध्यक्षता पुर्व थारू कल्याणकारी सभा साबिक भरौलका अध्यक्ष बेचन थामीले गरेका थिए भने बराहक्षेत्र ४ का वडाध्यक्ष आशाराम चौधरीले प्रमुख आतिथ्यता गरेका थिए ।
समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
इटहरी ।सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार भगवती चौधरीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । नेकपा...

































Discussion about this post