रामधुनी । ‘२९ औँ जनयुद्ध दिवस २०८०’ को अवसरमा रामधुनी नगरपालिकास्थित झुम्का बजारमा मंगलबार रक्तदान कार्यक्रम हुने भएको छ ।
०५२ फागुन १ गते जनयुद्ध सुरु गरेको स्मरणमा नेकपा (माओवादी केन्द्र) रामधुनी नगर कमिटीले उक्त कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक यम प्रसाद गेलाल हाम्रोशब्दलाई जानकारी दिए ।
दशवर्षे जनयुद्धले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान निर्माण गरेको र त्यसैका बलमा महिला, आदिवासी, जनजाति, दलित, पिछडा वर्ग र सीमान्तकृत समुदायले वर्षौँपछि राजनीतिक र सामाजिक अधिकार पाएर सम्मानित नागरिकको हैसियत प्राप्त गरेको गौरवमय दिन भएकाले सबैले रक्तदानमा सहभागी हुन संयोजक गेलालले आग्रहसमेत गरेका छन् ।
































Discussion about this post