रामधुनी । नेकपा (एमाले) निकट खेलकुद महासंघ सुनसरीका पूर्वअध्यक्ष पुस्कर कार्की र झुम्काका प्रतिष्ठित व्यवसायी भोला रौनियार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ अन्तर्गत बिहिबार सुनसरीमा जनभेटघाट तथा खबरदारी सभाहरुलाई सम्बोधन गर्न आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्की र रौनियारलाई खादा लगाएर पार्टीमा स्वागत गरेका छन् । यसअघि रौनियार एमालेमा थिए ।
त्यस्तै, पार्टी प्रवेश गर्नेहरुमा एमाले सुनसरी जिल्ला सदस्य सुकलाल उराव, तरुण दलका पूर्व जिल्ला उपाध्यक्ष राजीव चौधरी, एमाले गढी गाउँपालिका–६ का इन्चार्ज चितनारायन खेरवारलगायत रहेको माओवादीले जनाएको छ ।

































Discussion about this post