रामधुनी । पछिल्ला तीन वर्षमा रामधुनी नगरपालिका वडा नं. ७ मा सडक पूर्वाधारको विकासमा उल्लेखनीय प्रगति भएको छ । संघ, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासमा वडामा विभिन्न सडक कालोपत्रे भई पूर्वाधार विकासमा क्रान्तिकारी परिवर्तन देखिएको छ ।
वडा अध्यक्ष केशव गौतमका अनुसार इटहरी उपमहानगरपालिका वडा नं. १९ को सिमानाबाट सुरु भई ६४ विघा क्षेत्र हुँदै जाने करिब ३ किलोमिटर लम्बाइको तरहरा–चतरा मार्ग कालोपत्रे गरिएको छ । यसैगरी, बकलौरीदेखि पञ्चायन हुँदै धरानतर्फ जोडिने करिब २ किलोमिटर सडकमा पनि कालोपत्रे सम्पन्न भएको छ ।
त्यस्तै, लगौना–कुमारखत सडक खण्डको करिब ५ किलोमिटर भाग कालोपत्रे भई सञ्चालनमा आएको छ । यी सडकले स्थानीय आवागमन सहज बनाउनुका साथै आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको अध्यक्ष गौतमले बताए ।
सडक कालोपत्रेसँगै वडाभित्र अन्य भौतिक पूर्वाधार निर्माण कार्यहरू पनि तीव्र गतिमा अघि बढिरहेका छन् । वडाका विभिन्न टोलहरूमा ढल निकास नाला निर्माण, सडक ग्राभेल तथा ढलान कार्य निरन्तर रूपमा भइरहेको वडाले जनाएको छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

































Discussion about this post