सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन प्रतिनिधिसभा क्षेत्र नं २ मा विजयी भएका छन् ।
आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ३४ हजार बढी मतान्तरसहित लामिछाने विजयी भएका हुन् ।
लामिछानेले ४९ हजार २६४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत ल्याए। तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन्।
लामिछानेको जितसँगै उनका समर्थकहरु खुसी मनाउन सडकमा भेला भएका छन्।


































Discussion about this post