रामधुनी : सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ४ मा एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालनका लागि स्वास्थ्य स्वयंसेविकाहरूलाई अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न गरिएको छ ।
यहि माघ २६ र २७ गते १० बर्ष मूनिका किशोरीहरुलाई लक्षित गर्दै संचालन हुने खोप अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले स्वयंसेविकाहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा वडा अध्यक्ष कमल कार्कीले खोप अभियानलाई सफल बनाउन स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सबैलाई जिम्मेवारीपूर्वक सक्रिय हुन आग्रह गरे । उनले समुदायमा देखिन सक्ने भ्रम हटाउन र सबैलाई खोपको पहुँचमा ल्याउँन स्वयंसेविकाहरूलाई आग्रहसमेत गरे ।



































Discussion about this post