सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा थप तीन वटा अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ०८३ जारी गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार संविधानको धारा ११४ को उपधारा -१) बमोजिम ती अध्यादेश जारी गरिएको हो।
यसअघि राष्ट्रपति पौडेलले सहकारी, सम्पत्ति शुद्धीकरण तथा सार्वजनिक खरिद प्रक्रियासम्बन्धी अध्यादेशहरू पनि जारी गरिसकेका थिए।
त्यस्तै, सरकारले संवैधानिक परिषद्सहितका थप केही अध्यादेशहरू पनि जारी गर्न सिफारिस गरेको थियो। तीमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपति पौडेलले हाल अध्ययन गरिरहेको जनाइएको छ।



































Discussion about this post