रामधुनी । नेपाली कांग्रेस रामधुनी नगरपालिका वडा नम्बर ७ को सभापतिमा रमेश राई निर्विरोध निर्वाचित भएका छन् ।
आज भएको कांग्रेसको वडा अधिवेशनबाट राई सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि नेपाल तरुण दलको जिल्ला सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका छन् ।
स्थानीयस्तरमा सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय राई युवामाझ लोकप्रिय मानिन्छन् । युवाहरूसँगको निरन्तरको सम्पर्क र सक्रियताका कारण वडा तहमा उनको राम्रो प्रभाव रहेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन् ।
नवनिर्वाचित सभापति राईले वडा तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवा सहभागिता बढाउने तथा कांग्रेसको गतिविधिलाई थप प्रभावकारी बनाउने बताएका छन् ।



































Discussion about this post