रामधुनी । नेकपा एमाले रामधुनी नगर कमिटीका अध्यक्ष योगेन्द्र खड्कासहित चार पदाधिकारीले सामूहिक रूपमा दिएको राजीनामा फिर्ता लिएका छन् ।
नगर अध्यक्ष खड्काले जिल्ला नेतृत्वसँग भएको छलफलपछि राजीनामा फिर्ता लिइएको बताए । जिल्ला कमिटीले नगर कमिटीको गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि पुनः जिम्मेवारीमा फर्किने निर्णय गरिएको अध्यक्ष खड्काले बताए ।
‘हामीले जिल्ला कमिटीसँगको आन्तरिक असन्तुष्टिका कारण राजीनामा बुझाएका थियौं । नेतृत्वसँगको छलफलपछि हाम्रा गुनासो सम्बोधन गर्ने सहमति भएको छ । त्यसैले राजीनामा फिर्ता लिएका हौं,’ अध्यक्ष खड्काले भने ।
खड्कासहित उपाध्यक्ष खेमराज पौडेल, सचिव रेवत गुरुङ र उपसचिव भगवती खड्काले बिहीबार सामूहिक रूपमा जिल्ला कमिटीलाई राजीनामा बुझाएका थिए ।
शुक्रबार एमाले सुनसरी जिल्ला इन्चार्ज जगदीशप्रसाद कुसियैत, जिल्ला अध्यक्ष पर्शुराम यादव, सचिव राम कोइरालासहितका नेताहरूले नगर अध्यक्ष खड्कालगायत पदाधिकारीसँग छलफल गरेका थिए । सोही छलफलमा असन्तुष्टि समाधान गर्ने सहमति जुटेपछि चारै पदाधिकारीले राजीनामा फिर्ता लिएका हुन् ।



































Discussion about this post