सुनसरी । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन् ।
प्रदेशगत रूपमा सांसदहरूसँग भेटघाट गर्दै आएका शाहले बुधबार मधेश प्रदेशका सांसदहरूसँग संवाद गरेका हुन् । उक्त भेटघाटमा मधेश प्रदेशबाट निर्वाचित अधिकांश सांसदहरूको उपस्थिति रहेको थियो ।
बुधबार दिउँसो १२ बजेका लागि तय गरिएको बैठकमा सांसदहरू समयभन्दा केही अघि नै उपस्थित भएका थिए । बजेट आउनुअघि छोटो अवधिमा कार्यान्वयन गर्न सकिने योजनाहरू र आवश्यकताबारे सुझाव संकलन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त छलफल दिउँसो १२ बजेदेखि करिब ३ बजेसम्म चलेको थियो ।
छलफलको सुरुवातमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका असिम शाहले बैठकको उद्देश्यबारे संक्षिप्त जानकारी गराएका थिए । त्यसपछि शाह बैठकमा प्रवेश गर्दै सांसदहरूसँग बजेटअघि अल्पकालीन रूपमा कार्यान्वयन गर्न सकिने प्राथमिकताका विषयमा सुझाव मागेका थिए ।
‘बजेटअघि छोटो अवधिमा गर्न सकिने र अत्यावश्यक कामहरूबारे तपाईंहरूको सुझाव आवश्यक छ,’ उनले सांसदहरूलाई आग्रह गरेका थिए ।
छलफलमा सहभागी सांसदहरूले पालैपालो आफ्नो निर्वाचन क्षेत्रका समस्या तथा समग्र मधेश प्रदेशका प्रमुख मुद्दाहरू प्रस्तुत गरेका थिए ।
































Discussion about this post