सुनसरी । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठकबाट निर्णय गरेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई औपचारिक रुपमा बधाई दिएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बालेनलाई बधाई दिने निर्णय गरेको हो ।
‘भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ,’ निर्णयमा भनिएको छ ।
यसअघि संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभा बैठकमा सरकार र नेपाली सेनाविरुद्ध बोलेका थिए । उनको अभिव्यक्तिबारे पार्टी भित्र र बाहिरबाट आलोचना भएको थियो । उक्त विषयमा पनि एमालेले छलफल गरेको छ ।




































Discussion about this post