रामधुनी । २८ औं माओवादी जनयुद्ध दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका स्थित झुम्कामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
सोमबार नेकपा (माओवादी केन्द्र) रामधुनी नगर कमिटीको आयोजनामा भएको कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा पार्टी पोलिटब्यूरो सदस्य एवं पूर्व राज्यमन्त्री राम कुमारी चौधरी, पोलिटब्यूरो सदस्य निर्मल बराल, प्रदेश नं. १ प्रदेश सभा सदस्य सपना परियार, प्रदेश नं. १ की पूर्व उप–सभामुख सरस्वती पोख्रेल, माओवादी प्रदेश कमिटी सदस्य एवं पूर्व संविधानसभा सदस्य सन्तोस चौधरी, प्रदेश कमिटी सदस्य दिनेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।
मुलुक परिवर्तनका लागि भन्दै माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र संघर्ष सुरु गरेको थियो । सोहि दिनको सम्झनामा माओवादीले विगतका बर्षदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको छ ।
































Discussion about this post