इनरुवा । नेपाली कांग्रेस सुनसरीले देवानगञ्ज गोलीकाण्डको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ ।
मंगलबार जारी विज्ञप्तिमा कांग्रेसले साउन महिनाको बोलबम यात्राको तयारीमा रहेका युवामाथि प्रहरीको उपस्थितिमा गोली चल्दा चार जनाको मृत्यु र १० जना घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन, घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही, तथा नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।
साथै, मृतकलाई सहिद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र मृतक तथा घाइतेका परिवारबाट कम्तीमा एक जनालाई रोजगारीको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । कांग्रेसले सबै पक्षलाई संयमता अपनाउँदै सामाजिक सद्भाव र शान्ति कायम राख्न पनि अपिल गरेको छ ।



































Discussion about this post