इटहरी । आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा जनता बहुमुखी क्याम्पस इटहरीमा स्ववियु सभापतिका लागि दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुदैछ ।
एकतिर नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियन बिचको गठबन्धनका साझा उम्मेदवार सहदेव काफ्ले स्ववियु सभापतिका उम्मेदवार छन् भने अर्कातिर अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीका साझा उम्मेदवार उज्वल सिग्देल उम्मेदवार छन् ।
काफ्ले कांग्रेस निकट नेविसंघका नेता हुन् भने सिग्देल एमाले निकट अनेरास्ववियुका नेता हुन् । दुवै उम्मेदवार अहिले चुनावी प्रचार प्रसारमा तिब्र रुपमा लागिरहेका छन् ।
































Discussion about this post