रामधुनी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार सुनसरीको झुम्कामा वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
राप्रपा रामधुनी नगर कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टी निर्देशन समितिका अध्यक्ष प्रकाश चन्द्र लोहनी, महामन्त्री प्रल्हाद शाह, पार्टी प्रवक्ता द्वय ज्ञानेन्द्र शाही, भक्ति सिटौला, निर्देशन समिति सदस्य एवं पूर्वमन्त्री रामकुमार शुब्बा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पार्टी अध्यक्ष लिङ्देनको हातबाट टिका लगायर रामधुनी नगर र आसपासका क्षेत्रका करिब २ सयजना पार्टी प्रवेश गरेको राप्रपा नगर कार्यसमितिका उपाध्यक्ष शुशील शर्माले बताए ।

‘जनताको माझमा राप्रपाः नवीन राप्रपा’ भन्ने नारासहित पछिल्लो समय राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा विभिन्न ठाउँमा कार्यक्रमहरु गर्दै आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अहिले कांग्रेस, एमाले र माओवादी लगायतका दलले भ्रष्ट्राचार गरेर मुलुक तहसनहस बनाएकाले अहिलेको व्यवस्थाको विकल्पको रुपमा राजसंस्था पुनःस्थापना गर्नुपर्ने बताए । हिजो राजाको नाम लिन नचाहने मानिसहरु आज हजारौ राजा पाल्नुभन्दा एउटै राजा भए राम्रो भन्न थालेको उनको भनाई छ ।
त्यस्तै, नेता प्रकाश चन्द्र लोहनीले मुलुकमा रोजगारी नभएकाले दिनदिनै युवाहरु बिदेशीन बाध्य भएको भन्दै त्यसका लागि अहिलेको राज्यले कुनै भूमिका खेल्न नसकेको आरोप लगाए ।
कार्यक्रममा बोल्दै राप्रपा नेता ज्ञानेन्द्र शाहीले ‘शिरमा राजा नराखेसम्म देश उभो लाग्न असंभव’ भएको बताए । फरक प्रसंगमा उनले राष्ट्रिय जनावर गाईलाई काटेर खानेलाई दण्डित गर्नुपर्ने धारणा राखेका थिए ।
































Discussion about this post