सुनसरी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा बराहक्षेत्र नगरपालिका सुनसरी जिल्लामै उत्कृष्ठ बनेको छ भने इटहरी उपमहानगरपालिका सबैभन्दा कमजोर देखिएको छ ।
सुनसरीका पालिकामध्ये सबैभन्दा धेरै बराहक्षेत्र नगरपालिकाले ६७.० प्रतिशत अंक प्राप्त गर्दा इटहरी उपमहानगर सुनसरी जिल्लाका सबै १२ पालिकामध्ये सबैभन्दा कम अंक र कोशी प्रदेशभरीमा दोस्रो कम अंक पाउँने पालिका बनेको हो । आयोगले विभिन्न १७ वटा सूचकको आधारमा मूल्याङ्कन गर्ने गरेको छ । त्यसका आधारमा इटहरीले ३९.७ प्रतिशत अंक मात्रै प्राप्त गरेको छ ।
त्यस्तै इनरुवा नगरपालिकाले ६१.४, हरिनगर गाउँपालिकाले ५८.०, धरान उपमहानगरपालिकाले ५६.३ प्राप्त गरेका छन् । रामधुनी नगरपालिकाले ४९.१, भोक्राहा नरसिंह गाउँपालिकाले ४५.९, दुहबी नगरपालिकाले ४५.४, गढी गाउँपालिकाले ४२.२, कोशी गाउँपालिकाले ४१.३, बर्जु गाउँपालिकाले ४४.० र देवानगञ्ज गाउँपालिकाले ४०.० प्रतिशत अंक प्राप्त गरेका छन् ।
बजेट विनियोजन, त्यसको कार्यान्वयन, राजस्व संकलनको लक्ष्य र प्रगति लगायत विभिन्न सूचकहरूका आधारमा आयोगले मूल्यांकन गरेर प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।