रामधुनी । नेकपा (माओवादी केन्द्र) रामधुनी नगरको दोस्रो अधिवेशनबाट बलराम चौलागाईँ पुनः नगर अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि पनि अध्यक्ष रहेका चौलागाई हिजो सम्पन्न नगर अधिवेशनबाट पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।
त्यस्तै सचिवमा हिरा चौधरी र कोषाध्यक्षमा सन्तोष साहसहित ३७ सदस्यी नगर कमिटी सर्वसंवत निर्वाचत भएको छ । पदाधिकारीमा तीन जना उपाध्यक्ष र एकजना सह–सचिव भने तत्काल ढुंगो नलागेको निर्वाचन समितिका सदस्य बद्री नारायण माझीले बताए ।
अधिवेशन रामधुनी नगरभित्र पार्टी संगठनलाई सुदृढ बनाउने, जनसमस्याहरूको पहिचान गर्दै समाधानको बाटो तय गर्ने उद्देश्यसहित सम्पन्न भएको नवनिर्वाचत अध्यक्ष चौलागाईले बताए । अधिवेशनमा माओवादी केन्द्रीय सदस्य एवं कोशी प्रदेश सह–इन्चार्ज धर्मशिला चापागाईँ, केन्द्रीय सदस्य रामकुमारी चौधरीलगायत जिल्ला तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहेको थियो ।