रामधुनी । नेकपा (एमाले) रामधुनी नगर कमिटीको आयोजनामा शनिबार रामधुनीमा रक्तदान कार्यक्रम हुने भएको छ ।
पार्टीको तीन महिने वडा केन्द्रीत जरा अभियान अन्तर्गत तथा नेपालमा कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसको अवसरमा रक्तदान गर्न लागिएको एमाले सुनसरी जिल्ला कमिटी सदस्य डेगराज फुँयालले जानकारी दिए । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय सर्वसाधारणको सहभागिता रहने फुँयालको भनाई छ ।
आयोजकका अनुसार रक्तदान झुम्कामा रहेको साई हस्पिटल प्रा.लि. अगाडि शनिबार बिहान ७ बजेबाट सुरु हुनेछ ।