रामधुनी । रामधुनी नगरपालिका-१ मा रहेको श्री भदगाउँ सिनुवारी माध्यमिक विद्यालय (भासी) को भवन हस्तान्तरण नगरपालिकाको महत्वपूर्ण उपलब्धि बनेको छ । करिब १८ वर्षदेखि हस्तान्तरण नभएको यो विद्यालय भवन नगर प्रमुख शंकरलाल चौधरी र नेतृत्व टोलीको निरन्तर पहलमा २०८१ जेठ २३ गते औपचारिक रूपमा हस्तान्तरण गराइएको हो ।
उक्त विद्यालय भवन भारत सरकारको सहयोगमा करिब ३ करोड रुपैयाँ लागतमा निर्माण भएको थियो । तर लामो समयसम्म भवन प्रयोगमा आए पनि औपचारिक रूपमा हस्तान्तरण हुन सकेको थिएन । नगरपालिकाको नेतृत्वमा रहेको टिमले समन्वय र पहलमार्फत भवन हस्तान्तरण भएको हो । नगर प्रमुख चौधरी, उपप्रमुख तारा थापा, वडा नम्बर १ का अध्यक्ष महेश कुमार चौधरी र वडा सदस्य रामभरोस साह रौनियारको मेहनतपछि अन्ततः भवन हस्तान्तरण प्रक्रिया पुरा भएको हो ।
नेपालका लागि भारतीय दूतावासका तत्कालीन प्रथम सचिव सुमन शेखरले औपचारिक रूपमा उक्त भवन हस्तान्तरण गरेका थिए ।
नगरपालिकाले तीन वर्षे कार्यकालमा शिक्षा क्षेत्रमा गरेको कामहरूमध्ये यो एक उल्लेख्य सफलता हो । भवन हस्तान्तरणसँगै विद्यालयको भौतिक पूर्वाधार बलियो बनेको छ । यसले विद्यार्थीलाई गुणस्तरीय र सुरक्षित सिकाइ वातावरण सुनिश्चित गरेको छ ।
नगरपालिकाले शिक्षा क्षेत्रमा मात्र नभई विभिन्न पूर्वाधार, रोजगारी, स्वास्थ्य, कृषि र सामाजिक क्षेत्रमा पनि बहुमूल्य कामहरू गर्दै आएको छ । भारत र नेपालको जनस्तरको मित्रता र सहकार्यलाई बलियो बनाउन यो भवन हस्तान्तरणले थप सकारात्मक प्रभाव पारेको छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)































Discussion about this post