रामधुनी । रामधुनी नगरपालिका उद्यमशीलता प्रवद्र्धनमा सक्रिय बनेको छ । नयाँ उद्यमीलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न तालिम तथा प्रविधि हस्तान्तरण गर्दै आएको छ । चालु आर्थिक वर्ष ०८१/०८२ मा समेत नगरपालिकाले लघु उद्यमी समूहलाई आवश्यक उपकरण र सीप प्रदान गरेको छ ।
वडा नम्बर ८ मा नवज्योति लघु उद्यमी समूहलाई तरकारी खेती सम्बन्धी तालिम दिइएको छ । साथै, उत्पादनमा थप टेवा पु¥याउने उद्देश्यले हाते ट्याक्टरसमेत हस्तान्तरण गरिएको छ । यस्तै वडा नम्बर ७ मा सगरमाथा लघु उद्यमी समूहलाई ८ दिनको सरफ (डिस्वासर) बनाउने तालिम दिइएको छ । साथै, समूहलाई व्यवसाय विस्तारका लागि ९१ हजार रुपैयाँ बराबरको मेसिन समेत उपलब्ध गराइएको छ । त्यतिमात्र होइन, समूहका सदस्यलाई बंगुर पालनसम्बन्धी तालिम दिएर ९ ओटा बंगुरका पाठी पनि वितरण गरिएको उद्यम विकास शाखा प्रमुख पुजा परियारले जानकारी दिइन् ।
त्यसैगरी वडा नम्बर ५ मा रहेको सृजनशील लघु उद्यमी समूहलाई थुप्पाको मिक्चर मेसिन, वडा नम्बर ७ मा रहेको नरेन्द्र कृषि फर्मलाई डिप फ्रिज, र स्थानीय किराना व्यवसायीलाई डिजिटल तराजु समेत प्रदान गरिएको छ । उद्यम विकास शाखा प्रमुख परियारका अनुसार नगरपालिकाले नागरिकलाई आत्मनिर्भर र स्वरोजगार बनाउँन उद्यमशीलता प्रवद्र्धन गरिरहेको छ । तालिमसँगै प्रविधि हस्तान्तरण गर्दा उद्यम सफल र दीगो उनको भनाई छ ।
नगरप्रमुख शंकरलाल चौधरीले पनि नगरपालिका उद्यमशिलताको बलियो आधार बन्नेगरी आगामी दिनमा थप कार्यक्रम विस्तार गर्ने योजना रहेको बताए ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)































Discussion about this post