इटहरी । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित क्वाटरमा बिहीबार राति प्रहरी प्रवेश गरेको घटना सार्वजनिक भएको छ ।
ल क्याम्पस नजिक रहेको मन्त्री पराजुलीको क्वाटरमा राति करिब ११ बजेतिर प्रहरी टोली पुगेको हो । मन्त्रीको सचिवालयका अनुसार प्रहरीले पर्खाल नाघेर निवासभित्र प्रवेश गरेको दाबी गरिएको छ । उक्त समयमा मन्त्री पराजुली भने निवासमा उपस्थित थिएनन् ।
प्रहरी स्रोतका अनुसार एक फरार अभियुक्तको खोजी गर्ने क्रममा टोली उक्त स्थानमा पुगेको हो । तर, त्यहाँ पुगेका प्रहरीलाई उक्त भवन मन्त्रीको क्वाटर भएको जानकारी नभएको बताइएको छ ।
यसैबीच मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मन्त्री लक्षित कुनै पनि कारबाही वा विशेष उद्देश्यका लागि प्रहरी त्यहाँ नपुगेको स्पष्ट पारेका छन् । उनले फरार अभियुक्तको खोजीका क्रममा सामान्य प्रक्रिया अनुसार प्रहरी परिचालन भएको दाबी गरेका छन् ।



































Discussion about this post